१७ वर्षीया किशोरी शनिबार राति बलात्कृत, आइतबार विहानै अभियुक्त पक्राउ

१७ वर्षीया किशोरी शनिबार राति बलात्कृत, आइतबार विहानै अभियुक्त पक्राउ

बर्दिया : १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई आइतबार विहान पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ बस्ने २४ वर्षीय सरोज चौधरीलाई आइतबार विहान प्रहरीले पक्राउ गरेको हो।

गेरूवा गाउँपालिका–३ वालुवाटारस्थित निर्माणाधीन घरमा ती किशोरीलाई सरोजले शनिबार राति बलात्कार गरेको भन्ने उजुरी परेको थियो।

उजुरीकै आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

वैशाख १७, २०८० आइतबार १८:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।