गाडीको ठक्करबाट धनुषामा १४ महिनाकी नाबालिकाको मृत्यु
धनुषा : जिल्लामा गाडीको ठक्करबाट १४ महिनाकी नाबालिकाको मृत्यु भएको छ।
हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको बा १६ च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो।
गाडी व्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीको दैनिक समाचार बुलेटिनमा उल्लेख छ।
गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
वैशाख १७, २०८० आइतबार १८:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।