‘डिजिटल टिकट काट्नेहरू ८ बजेअघि नै मैदान आइसक्नू’
काठमाडौं : एसीसी प्रिमियर कपको टिकेटिङ पार्टनर ‘माइ पे’ले डिजिटल टिकट काट्नेहरूलाई विहान ८ बजेअघि नै मैदानमा आउन अनुरोध गरेको छ।
आइतबार सामाजिक सञ्जालमार्फत ‘माइ पे’ कम्पनीले डिजिटल टिकट काट्नेहरूलाई विहान ८ बजेअघि नै मैदानमा आउन आग्रह गरेको हो।
प्रिमियर कपको फाइनलका लागि नेपाल र युएईबीच विहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।
फाइनलको दिन मैदानमै गएर टिकट काट्नेहरू प्रवेश गर्दा डिजिटल टिकट काट्नेहरूले ठाउँ पाउने सम्भावना कम हुने भएकाले यस्तो अनुरोध गरिएको कम्पनीले जनाएको छ।
यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा पनि ठूलो भीडका कारण डिजिटल टिकट काटेकाहरू मैदान प्रवेश गर्न पाएका थिएनन्।
लिग–२ को अन्तिम खेल पनि नेपाल र युएईबीच नै भएको थियो। उक्त खेलमा करिब २५ हजारभन्दा बढि दर्शक त्रिवि क्रिकेट मैदानमा जम्मा भएका थिए।
टिकट नपाएर करिब ५ हजार देखि १० हजार दर्शकले मैदान बाहिरैबाट खेल हेरेका थिए।
‘माइ पे’ कम्पनीले १५० रुपैयाँमा डिजिटल र २०० रुपैयाँमा मैदानमै टिकटको व्यवस्था मिलाएको छ।
वैशाख १७, २०८० आइतबार १८:३६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।