तीन सन्तानको हत्यापछि आत्महत्या

तीन सन्तानको हत्यापछि आत्महत्या

एजेन्सी : भारतको बिहार राज्यको गया जिल्लास्थित डुमरिया ब्लकमा मनाती देवी नामकी एक महिलाले आफ्ना तीन छोराछोरीको हत्या गरी आत्महत्या गरेकी छन्।

अप्रिल २८ साँझ भएको घटनाको प्रारम्भिक कारण घरेलु कलह रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनीहरूको शव आफ्नै घरबाट भेटिएको स्थानीय प्रहरी अधिकारीले हिमांशु गर्गले जानकारी दिए।

‘महिलाका माइतीले श्रीमान् चन्दन भारतीमाथि घरेलु दुर्व्यवहार गरेको आरोप लगाएका छन्,’ उनले भने, ‘यही कुराबाट विचलित भएर महिलाले यस्तो कदम चालेको माइती पक्षको भनाइ छ। महिलाका श्रीमान् पक्राउ परेका छन्।’

महिलाका श्रीमान् चन्दन भारती मजदुर हुन्। उनी परिवारसहित कच्ची घरमा बस्दै आएका थिए। उनीहरूको ६ र ४ वर्षका दुई छोरी र २ वर्षीय छोरा थिए।

वैशाख १७, २०८० आइतबार १८:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।