अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी, चितवनका सञ्जय रेग्मी पक्राउ
काठमाडौं : अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मी पक्राउ परेका हुन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए।
रेग्मीसहितका व्यक्तिले ज्ञपीडितबाट पटक–पटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१ दरबारमार्गबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।
वैशाख १७, २०८० आइतबार १७:१६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।