भक्तपुरको होटलमा लगेर दुई किशोरी बलात्कार गरेको आरोपमा काभ्रेका युवक पक्राउ

भक्तपुर : १४ वर्षीया २ जना किशोरीलाई बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–२ बस्ने २२ वर्षीय कर्मा तामाङ रहेका छन्। प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो।
उनीमाथि भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्याइ विभिन्न प्रलोभन पारी शुक्रबार राति बलात्कार गरेको उजुरी परेको थियो।
सोही उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
वैशाख १७, २०८० आइतबार १४:२५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।