कारखानामा ग्यास चुहावट हुँदा पन्जाबमा नौ जनाको ज्यान गयो

कारखानामा ग्यास चुहावट हुँदा पन्जाबमा नौ जनाको ज्यान गयो

एजेन्सी : पन्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानामा आइतबार बिहान ग्यास चुहावट हुँदा नौ जनाको मृत्यु भएको छ।

अन्य ११ जना अचेत अवस्थामा फेला परेकोमा उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। 

राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को समूहले घटनास्थल उद्धार गरेको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताएका छन्। त्यस सम्बन्धमा अनुसन्धान जारी रहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

वैशाख १७, २०८० आइतबार १३:००:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।