१५ औं स्थानको अल्मेरियासँग खेल्दै मड्रिड, बार्सिलोनासँग अंक दूरी घटाउने अवसर
स्पेनिस ला लिगमा आज राति दोस्रो स्थानको रियल मड्रिड १५ औं स्थानको अल्मेरियासँग खेल्दै छ।
राति सवा १० बजे रियलको घरेलु मैदानमा हुने खेलमा जित हात पारे उसले शीर्ष स्थानको बार्सिलोनासँग अंक दूरी घटाउने छ।
मड्रिडसँग ३१ खेलबाट ६५ अंक हुँदा शीर्ष स्थानको बार्सिलोना भने ७६ अंकका साथ शीर्ष स्थानमा छ।
आजै राति बार्सिलोनाले पनि छैटौं स्थानको रियल बेटिससँग प्रतिस्पर्धा गर्दै छ। यो खेल पौने १ बजे छ।
मड्रिड र बार्सिलोना दुवैले यसअघिको खेल गुमाएका थिए। मड्रिड गिरोनासँग पराजित हुँदा बार्सिलोना भने रायो भालोकानोसँग पराजित भएको थियो। जसका कारण उनीहरूबीचको अंक दूरी घटबढ हुन पाएको थिएन।
लिगमा दुवैको अब जम्मा ७ खेल बाँकी छन्।
वैशाख १६, २०८० शनिबार २०:३१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।