कोलकातामाथि गुजरातको सहज जित, उक्लियो शीर्ष स्थानमा
आईपीएलमा गुजरात टाइटन्सले कोलाकाता नाइट राइडर्सलाई सहजै हराएको छ।
शनिबार दिउँसो इडेन गार्डेनमा कोलकाताले दिएको १८० रनको लक्ष्य गुजरातले ७ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो।
टस हारेर फिल्डिङमा उत्रिएको कोलकाताका लागि रहमनुल्लाहले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाए पनि टोलीको हार टरेन।
अहमदको बलमा राशिद खानबाट क्याच आउट हुनुअघि उनले ७ छक्का र ५ चौका प्रहार गरेका थिए।
गुजरातका विजय शंकरले २४ बलमा ५१ रन बनाए भने शुभमन गिल अर्धशतकबाट १ रनले चुके। त्यस्तै डेभिड मिलरले १८ बलमा ३२ रन जोडे।
जितसँगै गुजरात लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो उसको लगातार तेस्रो जित हो। उसले ८ खेलबाट १२ अंक जोडेको छ।
पछिल्लो पाँच खेलमा एउटामा मात्र जित निकालेको कोलकाताको भने ९ खेलबाट ६ अंक मात्र छ।
वैशाख १६, २०८० शनिबार २०:१४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।