सर्लाही पुगेका गृहमन्त्रीले भने, 'मिटरब्याजीलाई कानुनको दायरामा ल्याउँछौँ'

सर्लाही पुगेका गृहमन्त्रीले भने, 'मिटरब्याजीलाई कानुनको दायरामा ल्याउँछौँ'
फाइल तस्वीर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन्।

आज सर्लाहीको बागमती नगरपालिका-0११ स्थित नमुना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए।

उनले भने, 'भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।'

बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख पहरी जाति परिवारका लागि एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरे। 

बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए। 

वैशाख १६, २०८० शनिबार १८:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।