'आदिपुरुष’ को मोसन पोस्टर सार्वजनिक, १६ जुनमा रलिज हुने

'आदिपुरुष’ को मोसन पोस्टर सार्वजनिक, १६ जुनमा रलिज हुने

बलिउड निर्देशक रोम राउतको फिल्म ‘आदिपुरुष’ को मोसन पोस्टर सार्वजनिक भएको छ ।

फिल्मको मोसन पोस्टर अप्रिल २९ मा सार्वजनिक गरिएको हो । फिल्म १६ जुनमा रिलिज हुने तय भएको छ । यस पोस्टरमा कृति सेनन सीताको चरित्रमा नयाँ लुकमा देखिएकी छन् ।

फिल्मकर्मीले मोसन पोस्टरमा ‘राम सिया राम’ गीत पनि प्रयोग गरेका छन् । पोस्टरमा कृति सेनन केशरिया साडीमा देखिएकी छन् ।

कृतिले आफ्नो सामाजिक सञ्जालमा फिल्मको मोसन पोस्टर पनि शेयर गरेकी छन् । उनको पोस्टमा फ्यानले लगातार कमेन्ट गरिरहेका छन् ।

यसअघि फिल्म निर्माताले सन् २०२२ मा फिल्मको टिजर रिलिज गरेका थिए । तर, टिजरलाई दर्शकले खासै रुचाएनन् । धेरै प्रयोगकर्ताको गुनासो थियो कि फिल्ममा भिजुअल इफेक्टको धेरै कम स्तर प्रयोग गरिएको छ। 

त्यसपछि भिजुअल इफेक्टमा काम गर्न फिल्मको रिलिज मिति थपिएको थियो ।

फिल्म जनवरी २०२३ मा रिलिज हुने भनिएको थियो तर अब फिल्म १६ जुनमा नै रिलिज हुँदैछ ।

फिल्ममा कृति सेनन, प्रभास, सैफ अली खान, अमिताभ बच्चन, काजोल, सन्नी सिंह, कीर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय रहको छ। 

वैशाख १६, २०८० शनिबार १६:१५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।