कुवेतविरुद्ध करन केसी एक्लैले लिए ५ विकेट
एसीसी पुरुष प्रिमियर कपको सेमिफाइलन खेलमा कुवेतविरुद्ध नेपालले शानदार प्रदर्शन गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतको लगातार विकेट झरिरहेको छ।
८ ओभरको खेल सकिँदा कुवेतले जम्मा २२ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ। नेपालका करन केसीले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५विकेट लिएका छन्।
५ ओभर बलिङ गरेका करनले १ मेडन राख्दै ५ विकेट लिए। वर्षाका कारण खेल फेरि प्रभावित बनेको छ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाले प्रभावित पारेपछि ४२ ओभरमा छोट्याइएको खेलमा २८१ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ९६ रनको योगदान दिएका थिए।
रोहितसँगै अर्धशतकीय पारी खेलेका कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रन जोडेका थिए। यी दुईले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरे
त्यसैगरी ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले ३१ रनको योगदान दिए।
त्यसैगरीआरिफ शेखले १९ रन, सोमपाल कामीले १३ रन, करण केसीले ७ रन र सन्दीप लामिछाने ५ रन जोडेका थिए।
वैशाख १६, २०८० शनिबार १५:२९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।