शतक बनाउनबाट चुके रोहित, कुवेतलाई ४२ ओभरमा २८१ रनको विशाल लक्ष्य

शतक बनाउनबाट चुके रोहित, कुवेतलाई ४२ ओभरमा २८१ रनको विशाल लक्ष्य

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतलाई २८१ रनको विशाल लक्ष्य दिएको छ।

नेपालका कप्तान रोहित पौडेल शतक बनाउनबाट चुके पनि नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनायो।

वर्षाको कारण आठ ओभर घटाइएको खेलमा डकवर्थ लेविस नियमको आधारमा कुवेतले एक रन कम २८१ रनकै लक्ष्य पाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाउँदा ६ रनले शतक पुरा गर्न सकेनन्।

रोहितसँगै अर्धशतकीय पारी खेलेका कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रन जोडेका थिए। यी दुईले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरे

त्यसैगरी ओपनर कुशल भुर्तेलले ४३ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले ३१ रनको योगदान दिए।

त्यसैगरीआरिफ शेखले १९ रन, सोमपाल कामीले १३ रन, करण केसीले ७ रन र सन्दीप लामिछाने ५ रन जोडेका थिए।

वैशाख १६, २०८० शनिबार १४:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।