रोहित र कुशल दुवैले बनाए अर्धशतक, वर्षापछि नेपालको आक्रामक ब्याटिङ

रोहित र कुशल दुवैले बनाए अर्धशतक, वर्षापछि नेपालको आक्रामक ब्याटिङ

काठमाडौं : वर्षापछि ४२ ओभरमा झारिएर सुचारु भएको खेलमा नेपालका कप्तान रोहित पौडेल र कुशल मल्ल दुवैले अर्धशतक बनाएका छन्।

एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध वर्षापछि नेपालले आक्रामक खेल देखाएको हो। 

नेपालका लागि कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रन जोड्दै आउट भए। नेपालले २९ औं ओभरमा कुशल मल्लको रुपमा चौथो विकेट गुमाउँदा १८९ रन बनाएको थियो।

कप्तान रोहित पौडेल भने ७१ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा क्रिजमा छन्। चौथो विकेटका लागि रोहित र कुशलले १०९ रनको शतकीय साझेदारी गरेका थिए।

वैशाख १६, २०८० शनिबार १३:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।