कीर्तिपुर मैदानमा फेरि वर्षा, खेल रद्द भए नेपाल फाइनलमा

कीर्तिपुर मैदानमा फेरि वर्षा, खेल रद्द भए नेपाल फाइनलमा

काठमाडौं : वर्षाको कारण रोकिएको खेल सुरु हुन लाग्दा टियु क्रिकेट मैदानमा फेरि पानी परेको छ। नेपाल र कुवेतबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा वर्षा बाधक बनेको हो।

पहिलो वर्षाको कारण खेल रोकिएपछि खेल ४५ ओभरमा झारिने बताइएको थियो।

यदि वर्षाका कारण खेल रद्द भएमा नेपाल समूह चरणमा विजेता बनेको आधारमा प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ।

खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरको खेल सम्पन्न हुँदा ३ विकेट गुमाएर १४१ रन जोडेको छ।

राम्रो सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आशिफ शेखले २८ बलमा ३१ रन बनाएका थिए।

यसपछि भीम सार्की भने १ रनमै आउट भएका थिए। अहिले कप्तान रोहित पौडेल ३० रन  र कुशल मल्ल ३२ रनमा क्रिजमा छन्। 

वैशाख १६, २०८० शनिबार १२:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।