रुसी हवाई आक्रमणमा २६ युक्रेनी मारिए, मर्नेमा पाँच बालबालिका

रुसी हवाई आक्रमणमा २६ युक्रेनी मारिए, मर्नेमा पाँच बालबालिका

एजेन्सी : रुसी हवाई आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी मारिएका छन्।

युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक नागरिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो। हवाई आक्रमणमा भवनहरु भत्किएका छन्।

भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएको बताइएको छ।

वैशाख १६, २०८० शनिबार ११:४१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।