वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल

काठमाडौं : नेपाल र कुवेतबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा वर्षा बाधक बनेको छ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा पानी परेपछि खेल रोकिएको हो।

हालसम्म टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरको खेल सम्पन्न हुँदा ३ विकेट गुमाएर १४१ रन जोडेको छ।

राम्रो सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने आशिफ शेखले २८ बलमा ३१ रन बनाएका थिए।

यसपछि भीम सार्की भने १ रनमै आउट भएका थिए। अहिले कप्तान रोहित पौडेल ३० रन  र कुशल मल्ल ३२ रनमा क्रिजमा छन्। 

नेपाल समूह चरणमा अपराजित रहँदै समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चारमध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षका कारण अंक बाँडेको थियो।

एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

वैशाख १६, २०८० शनिबार ११:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।