आरआर क्याम्पसको चरम लापरवाहीः क्याम्पस प्रमुखलाई व्यंग्य गर्दै माला, शिक्षकको राजीनामा

आरआर क्याम्पसको चरम लापरवाहीः क्याम्पस प्रमुखलाई व्यंग्य गर्दै माला, शिक्षकको राजीनामा

वैशाख १० गते त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्ष (२०७७) को नतिजा प्रकाशित गर्यो

रीक्षा दिएको करिब १४ महिनाभन्दा बढी समयपछि आएको नतिजा हेर्न रत्न राज्यलक्ष्मी क्याम्पस(आरआर) को विद्यार्थीहरू पनि उत्तिकै उत्सुक थिए । तर, नतिजामा आन्तरिकतर्फ भने परीक्षामा गयलका कारण धेरै अनुत्तीर्ण देखिए।

त्यसको भोलिपल्ट क्याम्पसले एबसेन्टभएका विद्यार्थीका लागि भनेर विज्ञप्ति निकाल्दै आन्तरिक परीक्षाका लागि भनेर नयाँ परीक्षा तालिका सार्वजनिक गर्यो ।

करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा एबसेन्टभएको भन्ने थाहा पाएपछि सम्बन्धित सबै विद्यार्थी मिलेर क्याम्पस प्रमुख जीवनधर ज्ञवालीलाई व्यंग्यसहित विरोध गरे ।

गल्ती गरेको  भन्दै केही विद्याथीले उनलाई फलमाला पहिर्याए। जुन तस्विर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

विद्यार्थीको आक्रोश र निराशा

आफ्नो नतिजामा एबसेन्टदेखिएपछि एविद्यार्थीले सामाजिक सञ्जालमा लेखेका छन्, ’लाज पचाएर सबै क्रियाकलापमा सहभागी भएका विद्यार्थीको नम्बर नहाल्दिने अनि पुनः विद्यार्थीले नै दोहोर्याएर परीक्षामा सहभागी हुनुपर्ने ? यसमा क्याम्पस अनि सम्बन्धित विषय शिक्षकको भमिका अनि जिम्मेवारी यत्ति हो ? मैले आन्तरिक मूल्यांकनका लागि सम्बन्धित शिक्षकलाई शिक्षकले भनेबमोजिम क्रियाकलाप बुझाएको छु, जुनसुकै बेला त्यसको प्रमाण उपलब्ध गराउन सक्छु ।

क्याम्पसकै फेसबुक पेजमा कमेन्टमार्फत उनले थप लेखेका छन्, ’मैले किन पुनः परीक्षा दिनुपर्ने ? मैले परीक्षा नदिइएका कारण म एबसेन्ट भएको हुँ ?’

त्यस्तै अर्का विद्यार्थी लेख्छन्, ’हिजोसम्म, आरआरका प्राध्यापकहरूलाई कहिलेकाहीँ आफैंले पढाएका विद्यार्थीले किन पिट्छन भन्ने लाग्थ्यो तर, आज यो सूचनाबाट जवाफ पाइयो । गल्ती गर्ने शिक्षक/कलेज प्रसाश अनि सजाय विद्यार्थी (हामी)ले पाउनुपर्ने ? डेढ वर्ष पहिला बुझाएको/ दिएको प्रमाण विद्यार्थीले कहाँबाट ल्याउने ? एउटै विषयमा बिनाकारण पटकपटक परीक्षा दिनुपर्ने ?’

त्यसैगरी अर्का विद्यार्थीले भने, ’यसै विद्यार्थी खाडी गएका हैनन्,’ भनेर लेखेका छन् ।

क्याम्पसमा खैलाबैला !

यी त केही प्रतिनिधि विद्यार्थीका आक्रोश मात्र हुन् । विद्यार्थीको सम-समहमा यही विषयमा बहस भइरहेको छ। नजिकिँदै गरेको अन्य तहको परीक्षाहरूमा समेत यसको प्रभाव पर्न थालेको छ।

त्यसो त आरआर क्याम्पस पछिल्ला केही महिनादेखि विवादमा छ।

यसै प्रसंगमा शिक्षक लोकनाथ कोइरालाको राजीनामाले पनि क्याम्पसमा माहोल तात्तिएको छ । हिजो (वैशाख १४) हिजो विद्यार्थीमार्फत दिएको उनको राजीनामाले क्याम्पसभित्र हुने क्रियाकलापमा हुने लापरबाही उजागर भएको छ।

कोइरालाले स्नातकमा बीएतर्फ दुई वटा र बीसीएतर्फ दुईवटा कक्षामा अध्यापन गराउदै आएका थिए । अधिकांश विद्यार्थी अंग्रेजी विषयमै एबसेन्ट देखिएका थि । विषय शिक्षक भएको कारण उनीमाथि प्रश्न उठ्नु स्वाभाविक हो

आन्तरिक परीक्षामा भएको गम्भीर त्रुटिका कारण आफूलाई विद्यार्थीको भविष्यको निर्णय लिन अयोग्य मानी यो राजीनामा स्विकृतिका लागि विनम्र अनुरोध गर्दछु,’ उनले आफ्नो राजीनामा पत्रमा लेखेका छन् ।

यसरी दियो आन्तरिक नम्बर

आन्तरिक परीक्षाको समयलाई उद्दृत गर्दै उनले परीक्षा सञ्चालन भइरहेको कोठा नं १८ मा आफहरूले कापी मिलाउदै गरेको समयमा परीक्षा तथा विधार्थी कल्याणकारीका प्रमुख देवी घिमिरे आएको र उनले खाली कापीसहित प्रश्न पत्र मागेको उल्लेख गरेका छन् । हामीले नमानेपछि एउटा खाली कापी र प्रश्नपत्र थुतेर त्यहाँबाट जानुभयो ।

कापी मिलाउने क्रम अन्तिम चरणमा पुगेपछि उहाँ फरि आउनुभयो । यसपालि लेखिएको कापी बोकेर,नी थप्छन्, ’त्यो कापी हामीले लिन नमान्दा उहाँले यसरी त्यो कापी अर्को कापीहरूबीच छिराउनुभयो कि हामीले तत्क्षण त्यो छुट्याउनौँ सकेनौ ।त्यसपछि बाध्य भएर सबै कापीको पोका बोकेर हिँड्न परेको समेत उनले लेखेका छन् ।

अनि त्यो कापी जाँच गर्न मन नलागेर केही विद्यार्थीहरूलाई भनेर नियमित कलेज आउने विद्यार्थीहरूको नाम टिपाउन लगाएको पनि उनले लेखेका छन् ।

त्यै लिस्टका आधारमा आफलाई शंका लागेका कापीहरूमा अलग्गै चिह्न लगाएर उपस्थिति जनाएका सबै विद्यार्थीहरूको कापी उनले जाँचेका बताएका छन् । अनि नम्बर पनि दिए ।

जाँचेपछि महिनौँसम्म सुरक्षित राखिएको कापी र नम्बर त्यस बेलाका सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्य र देव घिमिरे सरले माग्नुभयो,उनले भने। फाइनल नतिजामा कम्तीमा १३ र बढीमा ३० सम्म नम्बर दिएको उनले लेखेका छन् ।

त्यो बुझाउन जादा न त समयमा सहायक क्याम्पस चिफ भेटिन्थे न त देव सर नै । गोविन्द प्रसाद आचार्यज्युको रोहवरमा देवी घिमिरे सरको कार्यकक्षको टेलमा सुरक्षित राखेर फोनबाट जानकारी गराएर हिड्यौं हामी ।

उनले लेखेका छन्, त्यस दिन ठलो बोझ बिसाएर हल्का भयो भनेर हिडेको मेरो हंस उड्यो १४ महिनापछि अब्बल विद्यार्थी समेतको थोरै अंक आयो र प्रायजसो एबसेन्ट भएको परीक्षाफल प्रकाशि भयो।

नी थप लेख्छन्, ’परीक्षाफल प्रकाशित भएपछिको अर्को बिहान विद्यार्थीहरूले घेरे, स्वभाविक थियो त्यो उनीहरूको आक्रो, मैले सुधार हुन्छ भन्ने आश्वासन दिएर पठाए

अब्बल र कक्षामा सधैँ उपस्थित हुने विद्यार्थीले समेत निराश र आक्रोश भएर प्रश्न गरेपछि उनीहरूको मिहेनेत खेर गएकोमा आफलाई एकदम ग्लानि भएको उनले भनेका छन् ।

याद भएसम्म आफले दिएको नम्बरबारे समेत जानकारी दिए । तर, विद्यार्थीहरूको रिस शान्त भएको थिएन ।

१३ गते पनि प्राध्यापक कोइराला क्याम्पस गए । उनलाई त्यस बखत मिटिङभनेर अफिसमा बोलाइयो । खोइ लिस्ट भनेर म र मेरो समकक्षीलाई सोधियो । मैले जवाफ फर्काएँ- तपाईंको गल्ती हो मेरो हैन त्यसपछि हाम्रो कुरा नसुनी, सोधखोज नगरी एकोहोरो हाम्रो गल्ती भएको प्रमाणित गरियो ।

'ल अब गल्ती सच्याउ' भन्दै हामीलाई विद्यार्थीले जाँच दिएर हाजिर गरेको तर नम्बर नभएको लिस्ट थमाएर नम्बर हाल्न लगाए । पछि गोविन्द आचार्य ज्यूले रातो मसिवाला पहिलाको लिष्टको नम्बर देखाउदै विद्यार्थीलाई भने, “तिमीहरूको सरले १० दिएर फेल गरेकोमा क्याम्पसले १२ हाल्दिएर पास बनाएको,’ उनले लेखेका छन् ।

शिक्षकको राजीनामाले ल्याएको अर्को मोड

उनले बिहान बुझाएको उक्त राजीनामाको खबर चौतर्फी फैलिएपछि केही विद्यार्थीहरू भने आक्रोशित भएका छन् । प्रशासनको गल्तीमा एउटा राम्रो शिक्षक गुमाउनपरेको उनीहरूको गुनासो छ । उनको राजीनामा पत्र स्वीकृत भएको खण्डमा विद्यार्थीहरू आन्दोलनमा उत्रिने समेत उनीहरूको योजना रहेको बताएका छन् ।

यसबारे क्याम्पस प्रमुख ज्ञवालीसँग सम्पर्क हुन सकेन। 

वैशाख १५, २०८० शुक्रबार १६:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।