संसदीय समितिमा एमालेको सिफारिस : सार्वजनिक लेखामा गोकुल, उद्योगमा कोइरी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले गोकुल बास्कोटालाई सार्वजनिक लेखा समितिमा सिफारिस गरेको छ भने हत्या अभियोगमा फरार लक्ष्मी महतो कोइरीको नाम उद्योग तथा श्रम समिति छ।
अनियमितता हेर्ने लेखा समितिमा सिफारिस गरिएका बास्कोटा सञ्चारमन्त्री हुँदा सेक्युरिटी प्रेस खरिदमा ७० करोड बार्गेनिङ विवादमा तानिएका थिए। उनको संलग्नताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि मुद्दा भने लगेको छैन।
कोइरी सशस्त्र प्रहरीको हत्यामा फरार अभियुक्त हुन्। प्रहरीको खोजी सूचीमा परेका उनी संसद् समेत आएका छैनन्। नियमित १० वटा बैठकमा नआए सांसद पद खारेज हुने कानुनी व्यवस्था छ। तर सभामुखले चासो देखाएका छैनन्।
प्रतिनिधि सभाको १० वटा विषयगत समितिका लागि एमालेले संसद् सचिवालयलाई बुझाएको सूचीमा अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगरको नाम छ। जुली व्यवसायी उपेन्द्र महतोकी छोरी हुन्।
सार्वजनिक लेखा समितिमा बास्कोटासँगै योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणि राना बराइलीको नाम छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनीता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागीको नाम छ। भट्टचन बैंकिङ क्षेत्रमा संलग्न छन्। ढकाल विवादित कोरियन चर्चका नेता हुन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोइरीसँगै रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ताको नाम छ। रघुविर जुली महतोका श्रीमान् हुन्।
कानुन, न्याय तथा मानवअधिकार समितिमा सुवास नेम्वाङ, महेश बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम छ।
त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठको नाम छ।
महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीको नाम छ।
उता राज्य व्यवस्था तथा सुशासन समितिमा पृथ्वी सुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेलको नाम छ।
पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ताको नाम छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दीपा शर्मा, उर्मिला थेबे र कालुराम राईको नाम छ।
वैशाख १५, २०८० शुक्रबार ०८:१०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।