बाजुरामा लगातार तीन पटक भूकम्प

बाजुरामा लगातार तीन पटक भूकम्प

काठमाडौं : गए राति बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो।

केन्द्रका अनुसार राति ११:५८ बजे ४.९ रेक्टरस्केल, १:३० बजे ५.९ रेक्टरस्केल र १:५१ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे भने अहिलेसम्म यकिन हुन नसकेको बताइएको छ। 

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

वैशाख १५, २०८० शुक्रबार ०७:१५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।