फ्यानले हात मिलाउन खोजेका थिए, तर सलमानका बडीगार्डले धकेलिदिए

फ्यानले हात मिलाउन खोजेका थिए, तर सलमानका बडीगार्डले धकेलिदिए

बलिउडका स्टार सलमान खानसँग हात मिलाउन खोजेका एक फ्यानलाई उनका बडिगार्ड शेराले धकेलिदिएका छन्।

मुम्बई एयरपोर्टमा सलमानलाई फ्यानहरूको भीडले घेरेको थियो । उक्ट घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। जहाँ एक फ्यानले सलमानसँग हात मिलाउन खोजेको देखिएको छ।

सलमान अंगरक्षकले ती फ्यानलाई छेउमा धकेल्दा पनि सलमानले कुनै प्रतिक्रिया नदिएको भन्दै उनको आलोचना भएको छ।

सलमान सेक्युरिटीसहित सँग हिँडिरहेका थिए। यस क्रममा गार्डहरूले फ्यानहरूलाई सलमानबाट टाढा राख्ने प्रयास गरेका हुन्।

खराब व्यवहारमा कारण ट्रोल बने सलमान

सलमानको उक्त भिडियोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश पोखेका छन्। उनीहरूले कडा प्रतिक्रिया दिइरहेका छन् ।

वैशाख १४, २०८० बिहीबार १५:१७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।