कमजोर कतार सामु धर्मरायो नेपालको ब्याटिङ, ८४ रनमै ६ विकेट पतन
काठमाडौं : प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले एसीसी प्रिमियर कपको खेलमा कमजोर मानिएको कतारविरुद्ध निकै खराब सुरुवात गरेको छ।
समूह चरणमा हालसम्मका खेलका सबै खेल हारेको कतारविरुद्ध नेपालले मात्र ८४ रनमा ६ विकेट गुमाइसकेको छ।
समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल २ रनमा क्याच आउट हुँदा भिम सार्की पनि मात्र ६ रनमा पेभोलिएन फर्किए।
मात्र ९ रन जोड्ने क्रममा सुरुवाती २ विकेट गुमाएको नेपालका अर्का ओपनर आशिफ सेख पनि १९ रनमा आउट भए। यसपछि कप्तान रोहित पौडेल २७ रन जोड्दै बाटो लाग्दा कुशल मल्ल मात्र ३ रनमा आउट भए।
यसपछि सोमपाल कामी पनि मात्र ११ रनमा आउट भए।
घरेलु प्रतियोगितामा नेपाल समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने कतारले सबै खेल हारेको छ।
यस प्रतियोगितामा समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आज कतारलाई पराजित गर्नुपर्ने हुन्छ।
आजको खेलमा अलराउन्डर करण केसीलाई आराम दिइएको छ भने उनको स्थानमा आजको खेलमा गुलशन झालाई मौका दिइएको छ।
वैशाख १४, २०८० बिहीबार १०:४६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।