कतारविरुद्ध अपराजित नेपालको खराब सुरुवात, ९ रनमै खस्यो दुई विकेट
काठमाडौं : हालसम्मका सबै खेल हारेको कतारविरुद्ध अपराजित रहेको नेपालले एसीसी प्रिमियर कपको खेलमा खराब सुरुवात गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मात्र ९ रन जोड्ने क्रममा सुरुवाती २ विकेट गुमाइसकेको छ।
नेपालका ओपनर कुशल भुर्तेल २ रनमा क्याच आउट हुँदा भिम सार्की पनि मात्र ६ रनमा पेभोलिएन फर्किए।
घरेलु प्रतियोगितामा नेपाल समूह चरणमा अपराजित छ भने कतारले सबै खेल हारेको छ।
यस खेलका लागि नेपाली टिमका अलराउन्डर करण केसीलाई आराम दिइएको छ भने उनको स्थानमा आजको खेलमा गुलशन झालाई मौका दिइएको हो।
यस प्रतियोगितामा समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आज कतारलाई पराजित गर्नुपर्ने हुन्छ।
वैशाख १४, २०८० बिहीबार ०९:२५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।