करणलाई बेन्चमै राखेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

करणलाई बेन्चमै राखेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा टस हारेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दैछ।

यस खेलका लागि नेपाली टिमका अलराउन्डर करण केसीलाई आराम दिइएको छ। उनको स्थानमा आजको खेलमा गुलशन झालाई मौका दिइएको हो।

समूह विजेताको रुपमा सेमिफाइनल खेल्न नेपालले आज कतारलाई पराजित गर्नुपर्ने हुन्छ। 

घरेलु प्रतियोगितामा नेपाल अपराजित छ भने कतारले सबै खेल हारेको छ। 

समूह चरणमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ८४ रनले हराएको नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। वर्षाको कारण साउदी अरबसँग भने नेपालले अंक बाँडेको थियो। 

यस प्रतियोगिताको उपाधि विजेता टिम एसिया कपका लागि छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउँछ।

वैशाख १४, २०८० बिहीबार ०९:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।