गोलको वर्षा गर्दै आर्सनललाई हरायो सिटीले, बनायो लिग उपाधि सम्भावना बलियो
एजेन्सी : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर आर्सनलविरुद्ध सानदार जित निकाल्दै लिग उपाधिको सम्भावनालाई निकै बलियो बनाएको छ।
घरेलु मैदान इतिहाड स्टेडियममा केभिन डे ब्रुएनाको दुई गोलको मद्दतले सिटीलेआर्सनललाई ४-१ को गोल अन्तरले पराजित गर्यो।
खेलको सातौं मिनेटमा नै ब्रुएनाको गोलमार्फत सिटीले खाता खोल्दा पहिलो हाफको इन्ज्युरी टाइममा जोन स्टोन्सले सिटीको अग्रता दुगुना पारे।
यसपछि ५४ औं मिनेटमा ब्रुएनाले अर्को गोल गर्दा सिटीले ३-० को अग्रता बनाएको थियो। यसपछि ८६ औं मिनेटमा आर्सनलका लागि होल्डिङले एक गोल फर्काए।
तर इन्ज्युरी समय हालान्डले गोल गरेपछि सिटीले लिग लिडरविरुद्ध ४-१ को प्रभावशालि जित हात पार्यो।
यो जितसँगै सिटीले लिडर आर्सनलसँगको अंक भिन्नतालाई २ अंकमा झारेको छ। साथै सिटीले आर्सनलले भन्दा दुई खेल कम खेलेको छ। त्यसैले उसको उपाधि जित्ने सम्भावना निकै बलियो बनेको छ।
हारपछि लिडर आर्सनलको ३३ खेलबाट ७५ अंक छ। दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक छ।
वैशाख १४, २०८० बिहीबार ०७:२१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।