सञ्जालमा नायिका वर्षाको गम्भीर सन्देश 'सम्झौता धेरै भयो, म थाकिसकेँ'

सञ्जालमा नायिका वर्षाको गम्भीर सन्देश 'सम्झौता धेरै भयो, म थाकिसकेँ'

काठमाडौँ : नायिका वर्षा राउतले इन्स्टाग्राममा मङ्गलबार एकपछि अर्को गर्दै सन्देश राखिन् जसले उनको निजी जीवनलाई सङ्केत गर्यो।

कालो ब्याकग्राउन्ड राखेर पहिला लेखिन्‘अब समाज भन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु। सम्झौता धेरै भयो। म ती मानिसहरूको वरिपरि रहँदा थाकिसकेँ,जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन्।’

दोस्रो पोस्ट गर्दै लेखिन्‘यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ?’

नायक सन्जोग कोइरालासँग विवाह गरेपछि केही समय फिल्म क्षेत्रबाट अलि टाढै बसेकी उनले फिल्म 'के घर के डेरा' मा अभिनय गरिन्। त्यो बेलामा उनको वैवाहिक जीवन टुट्ने बाटोमा रहेको चर्चा थियो।

फिल्म रिलिजको बेलामा उनले यो चर्चा बिनाकारण भएको हैन भन्ने पुष्टि गर्दै भनेकी थिइन्' पहिला झगडा परेको थियो। अहिले मिलिसक्यो।'

तर पुन लगातार आएको उनको गम्भीर स्टाटसले दुवैको सम्बन्ध बिग्रिएको सङ्केत गर्यो। उनी मानसिक तनावमा रहेको देखायो। शान्तिको खोजीमा रहेको देखियो।

यति मात्र हैन अब उनी सम्झौता नगर्ने मोडमा पुगेको देखियो। तर को सँग?

वैशाख १४, २०८० बिहीबार ०१:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।