१९ वर्षका बलर सुयशले डुप्लेसीलाई यसरी पारे धरापमा
एजेन्सी : विराट कोहली अनि फाफ डुप्लेसी दुबे बलिया ब्याट्सम्यान। जब उनीहरूको ब्याट घुम्छ उनीहरूको अगाडि मै हुँ भन्ने बलर पनि टिक्न सक्दैनन्। जसले सजिलो काम खोज्छन् उनीहरूलाई कसले सम्झन्छन् र!
सायद क्रिकेटर सुयश शर्माको सोचाई पनि यस्तै होला।
उनले आरसिबीका लागि केकेआरको विरुद्ध तेस्रो ओभरमा बलिङ गर्न आए। पावरप्ले खेलमा स्पिनरका लागि बलिङ गर्न सहज हुन्न। त्यसमा पनि मजाले जमिसकेका ब्याट्सम्यानलाई रोक्न सहज कहाँ थियो र!
तै पनि सुयश आए अनि आफ्नो दोस्रो बलमै डुप्लेसीलाई क्याच आउटमा पारे। सात बलमा १७ रन बनाएर आउट भए उनी। सुयशले तीन रन दिए, एक विकेट लिए।
उनी पुन पाँचौँ ओभरमा बलिङ गर्न आए। विराट कोहलीले उनको तीन बलमा नौ रन बनाए। चौथो बलले काम गर्यो।
सहबाज अहमदलाई एलबिडब्लुमा पारे। उनले चार ओभरमा ३० रन दिए अनि दुई विकेट लिए।
कोहलीले टस जितेर बलिङ रोजे। केकेआरले २० ओवरमा दुई सय रन बनायो।
वैशाख १४, २०८० बिहीबार ०१:२०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।