राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता भयोः ईश्वर पोखरेल

राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता भयोः ईश्वर पोखरेल

राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन्। 

मनमोहन अधिकारीको २४ औं स्मृति दिवसका अवसरमा सानेपा ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मनमोहन अधिकारीका विचारहरूलाई अगाडि बढाउन चाहेको र त्यसलाई निरन्तरता दिन जरुरी रहेको भनाइ राखे। 

‘आज हामी जुन अवस्थामा छौँ, एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ। ती राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ पोखरेलले भने, ‘यो आवश्यकता परिपूर्ति गर्न मनममोहन अधिकारीका विचारलाई हामी बिर्सिन सक्दैनौँ।’

मनमोहनको विचारबाटै अभिप्रेरित भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। 

अहिले राष्ट्रिय राजनीतिमा २ वटा केन्द्रका रूपमा देखा परेको उनले बताए। ‘एउटा पोलले पोलिटिकली स्टाबिलिटीको कुरा गर्छ, आर्थिक विकास र समृद्धिको कुरा गर्छ, जुन पोलको नेतृत्व नेकपा एमालेले गरेको छ। अर्कोतिर सिद्धान्त र उद्देश्यविहीन लोकतान्त्रिक मूल्यमान्यताविपरीत गठबन्धन गरिएको छ।’

अहिलेको सत्ता गठबन्धनले मुलुकलाई धराशायी बनाउने काम गरेको उनले आरोप लगाए। 

वैशाख १३, २०८० बुधबार १२:५१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।