बुधबारको प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयक बढाउन समिति बनाइँदै

बुधबारको प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयक बढाउन समिति बनाइँदै

संघीय संसदअन्तरगत बुधबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बढाउन विशेष समिति गठन गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

कार्यसूचीअनुसार  बैठकमा ईश्वरी देवी न्यौपानेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरू नामावलीसहित प्रस्ताव पेश गर्ने र प्रस्तावको सांसद रघुजी पन्तले समर्थन गर्नेछन्।

यस्तै बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक,२०७९ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि सोही विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ।

अन्तमा प्रधानमन्त्री प्रचण्डले 'संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक,२०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

वैशाख १३, २०८० बुधबार ११:५३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।