फिल्म प्रचार गर्न पुगेका सलमानलाई दुबईमा एक युवतीले गरिन् बिहेको प्रस्ताव

फिल्म प्रचार गर्न पुगेका सलमानलाई दुबईमा एक युवतीले गरिन् बिहेको प्रस्ताव

बलिउड सुपरस्टार सलमान खान पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘किसी का भाइ किसीकी जान’ का कारण चर्चामा छन् ।

सलमान हाल दुबईमा छन्, जहाँ उनी एक कार्यक्रममा सहभागी भएका छन् । यसै क्रममा एक फ्यानले उनलाई विवाहको प्रस्ताव राखेकी थिइन्। यस सम्बन्धमा एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा सलमान हजारौंको भीडमा स्टेजमा देखिएका छन् । यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ । त्यसपछि एक महिला फ्यानले सलमानलाई ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याएकी थिइन् ।

यसको जवाफ दिँदै सलमानले भने, ‘अहिले गराइदिऊँ यनीहरूसँग' 

त्यसपछि त्यहाँ उपस्थित एक महिलाले कराउँदै भनिन्, 'बिहे नगर्ने सलमान ? त्यसपछि सलमानाले भनेका थएँ, गर्दिनँ,' 

सलमानको उक्त भिडियो कमेन्टले भरिएको छ। 

वैशाख १३, २०८० बुधबार ०९:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।