पप्पु कन्स्ट्रक्सन भाग्यो, अर्को ठेकेदार फेरियो, तर आठ वर्षमा नि बनेन लुम्बिनी जाने पुल

पप्पु कन्स्ट्रक्सन भाग्यो, अर्को ठेकेदार फेरियो, तर आठ वर्षमा नि बनेन लुम्बिनी जाने पुल

बुटवल : गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने सडक फराकिलो र चिरिच्याट्ट भए पनि तिनाउ र दानव नदीमा निर्माणधिन दुईवटा पुल बन्न सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। 

पप्पु बागमती जेभी कन्स्ट्रक्सन प्रालिसँगको सम्झौता तोडेर नयाँ कम्पनीलाई ठेक्का दिए पनि भैरहवा–लुम्बिनी सडकमा निर्माणधिन दुई वटा पुल आठ वर्षमा पनि बनेन।

पप्पु कन्स्ट्रक्सनले समयमै काम नगरेको भन्दै ठेक्का तोडेर रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको थियो। तर यो कम्पनीले पनि पुल अलपत्र पारेको छ।

हालसम्म पप्पुले यी दुवै पुलबाट साढे ५ करोड बढी भुक्तानी लगिसकेको छ। भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ ईन्फाटेक जेभीसँग सम्झौता भएको थियो।

हुलाकी राजमार्ग अन्तर्गत बन्न लागेको पुलका लागि पप्पुले करिब १३ करोडमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता पश्चात तिनाउ पुलमा करिब ४० प्रतिशत र दानवमा करिब ३० प्रतिशत काम गरेर पप्पु कन्स्ट्रक्सन भागेको थियो। 

पप्पुसँग तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएको थियो। त्यसैगरी दानव नदीको डण्डा पुल निर्माणका लागि ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

हालसम्म पप्पुले यी दुवै पुलबाट साढे ५ करोड बढी भुक्तानी लगिसकेको छ। भुक्तानी लगेर काम बीचमै छाडेर भागेपछि गएको पुस २७ मा उक्त ठेक्का तोडेर रमण डीएलओ ईन्फाटेक जेभीसँग सम्झौता भएको थियो।

तिनाउ नदी र दानव नदीमा निर्माणधिन यी पुलहरुका दुई वटा पिलर मात्र ठड्याएर राखिएको छ। आधा भागमा ढलान समेत गरिएर अलपत्र छाडिएको छ।

१० करोड ३० लाखमा दुई वर्षभित्र बाँकी काम सम्पन्न गर्ने गरी रमणलाई ठेक्का दिए पनि अहिले यो कम्पनीले पनि कामै अगाडि बढाएको छैन।

हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख विष्णुबाबु पाण्डेले तिनाउ खोला र डन्डा नदीमा पुल निर्माणको काम गर्ने ठेक्का रमण रियल होम इन्फोटेक जेभीले पाएपछि छिटो सम्पन्न गर्न निर्देशन दिएको बताए। उनका अनुसार यो वर्षभित्र तिनाउ पुल सम्पन्न गर्ने र अर्को वर्ष अर्को पुलको काम थाल्ने गरी ठेकेदारले काम गरिरहेको जानकारी दिए।

पुल निर्माणको ठेक्का लिएको पप्पुले पटक पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो।

तिनाउ नदी र दानव नदीमा निर्माणधिन यी पुलहरुका दुई वटा पिलर मात्र ठड्याएर राखिएको छ। आधा भागमा ढलान समेत गरिएर अलपत्र छाडिएको छ।

‘सडक फराकिलो र च्याट्ट ४ लेनको भए पनि यी दुई पुलले सडकको सौन्दर्यतालाई खाइदिएको छ। पुल निर्माण भइरहेको स्थानमा भएका दुईवटै पुल साँघुरा हुँदा प्रहरी नै राखेर सवारी आवागमनको व्यवस्था गर्नुपर्ने अवस्था छ,’ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले भने। 

‘पर्यटकले उस्तै सास्ती पाएका छन्। सवारीको लामले स्थानीयले हैरानी खेपेका छन्। त्यसैले पनि हाम्रो चासो यो छिटो बनोस् भन्ने हो,’ उनले थपे।

२५ असार २०७१ मा पप्पु बागमती जेभीले २ वर्षमा काम सक्ने गरी जिम्मा लिए पनि म्याद थपसहित २०७५ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्ने अवधि रहेको थियो।

तर पुल निर्माणको ठेक्का लिएको पप्पुले पटक पटक म्याद थप्दै अलपत्र पार्दै गरेपछि सडक विभागले गत वर्ष पप्पुसँगको सम्झौता तोडेर रमणलाई ठेक्का दिएको हो। हुलाकी सडक आयोजनाले विभागको निर्देशन अनुसार नै यो ठेक्का तोडेको थियो। 

पुलका कारण पर्यटक र स्थानीयलाई हैरानी

लुम्बिनी जाने पर्यटकहरु मध्ये ९५ प्रतिशत भन्दा बढी भैरहवा–परासी रोड हुँदै जान्छन्। तिनाउ र दानव नदीमा बनिरहेका दुई पुल सामुन्ने पुराना पुल छन्। ती पुल साँघुरा र जीर्ण छन्। निकै पुराना ती पुलमा कति बेला दुर्घटना हुन्छ भन्न सकिंदैन।

लुम्बिनीका उद्योगमा जाने कच्चापदार्थ सहितका ठूला सवारी साधनले समेत यही पुल प्रयोग गर्दै जानुपर्ने हुन्छ। त्यसै कारण पुलमा जोखिम बढेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए।

साँघुरो पुल हुँदा अहिले एकैपटक एक साइडबाट गाडी आउँदा अर्को साइडमा रहेका सवारीसाधनले लामबद्ध भएर रोकिनुपर्ने अवस्था छ। कहिले त घण्टौसम्म लाइन बस्नुपर्ने वाध्यता छ।

‘पुललाई छिटो बनाउन सरोकारवालाले दवाव दिनुपर्छ। यही पुलका कारण पर्यटकले सास्ती पाएका छन्। उद्योगीहरुले सहज ढंगले कच्चा पदार्थ, उत्पादित सामान ढुवानी गर्न सकिरहेका छैनन्,’ उनले भने।

साँघुरो पुल हुँदा अहिले एकैपटक एक साइडबाट गाडी आउँदा अर्को साइडमा रहेका सवारीसाधनले लामबद्ध भएर रोकिनुपर्ने अवस्था छ। कहिले त घण्टौसम्म लाइन बस्नुपर्ने वाध्यता छ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राई लुम्बिनी आउने ९० प्रतिशत पर्यटक यही पुल हुँदै आउने गरेको तर एकतर्फी सडकका कारण उनीहरुले निकै सास्ती व्यहोर्नु परेको बताए। साथै उनले पर्यटकलाई सास्ती नहुने गरी आगमनको व्यवस्थालाई सहज बनाउन प्रहरीलाई आग्रह समेत गरिएको जानकारी दिए।

साँघुरो पुलका कारण सवारी जाम हुने र एकतर्फी मात्र सवारी सञ्चालन गराउँदा ट्राफिक व्यवस्थापनका लागि हाल यहाँ दैनिक ५ जना ट्राफिक प्रहरी खटाइएको छ।

वैशाख १३, २०८० बुधबार ०९:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।