बनेपाबासीको खानेपानी समस्या हट्यो
एकीकृत खानेपानी योजनाअन्तर्गत पनौतीको देवीथानबाट बनेपा नगरपालिकाको ट्याङ्कमा पानी खसालिएको छ ।
ट्याङ्कमा खसालिएसँगै बनेपाबासीको खानेपानी समस्या समाधान नजिक पुगेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।
नेपाल खानेपानी संस्थानबाट पानी वितरण गर्दै आएको भएपनि बनेपामा पानीको अभाव कायमै रहेकाले सहजताका लागि नेपाल खानेपानी संस्थानको ट्याङ्कमा खसालिएको नगरप्रमुख शाक्यले बताए ।
उनका अनुसार करिब नौ वर्षदेखि निर्माण सुरु गरिएको खानपानी आयोजनाअन्तर्गत निकालिएको पानी हाल बनेपाको आजाद डाडामा रहेको खाने पानी ट्याङ्कमा खसालिएको हो ।
एकीकृत खानेपानी नेपाल खाने पानी संस्थानको ट्याङ्कमा खसेसँगै पर्याप्त खानेपानी आपूर्ति गर्न सकिने खानेपानी संस्थानले जनाएको छ । एकीकृत खानेपानी बनेपाको मुख्य बजार क्षेत्र केन्द्रित भई वडा नं ५, ६, ७, ८ र ९ मा वितरण गर्ने योजना रहेको बताइएको छ ।
वैशाख १२, २०८० मंगलबार २३:०२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।