पाँच पटक पञ्जावको मुख्यमन्त्री बनेका बादलको निधन

पाँच पटक पञ्जावको मुख्यमन्त्री बनेका बादलको निधन

भारतको पञ्जाबका पूर्वमुख्यमन्त्री प्रकाश सिंह बादलको निधन भएको छ । ९५ वर्षका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि २१ अप्रिलमा मोहालीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो ।

एक दिनअघि अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै उनी आईसीयूमा रहेको बताएको थियो ।

प्रकाश सिंह बादल कीर्तिमानी ५ पटक पञ्जाबको मुख्यमन्त्री बनेका थिए । ग्यास्ट्रिक र श्वासप्रश्वासमा समस्या देखिएपछि गत जुनमा पनि बादललाई अस्पताल भर्ना गरिएको थियो ।

बादल ९० को दशकमा पनि राजनीतिमा सक्रिय थिए । उनले गत वर्ष पञ्जाब विधानसभा चुनाव पनि लडेका थिए। यद्यपि उनले आफ्नो विरासत जोगाउन सकेनन्।

बादल यस सिटबाट लगातार २५ वर्ष (सन् १९९७ देखि) विधायक थिए। बादल अझै पनि शिरोमणि अकाली दलको संरक्षक थिए। 

‘वरिष्ठ बादल’ भनेर चिनिने उनी मात्र २० वर्षको उमेरमा पहिलो पटक सरपंचको निर्वाचन जितेर राजनीतिमा प्रवेश गरेका थिए ।

त्यसपछि १९४७ मा उनी पहिलो पटक विधायक बनेका थिए। प्रकाश सिंह बादलले १० पटक विधानसभा चुनाव जितेका थिए ।

सन् १९७० मा बादल पहिलो पटक मुख्यमन्त्री हुँदा उनी देशकै कान्छो मुख्यमन्त्री थिए । त्यतिबेला उनको उमेर ४३ वर्ष मात्र थियो । यससँगै २०१२ मा पाँचौं पटक मुख्यमन्त्री बन्दा उनी देशकै जेठो मुख्यमन्त्री थिए । गत विधानसभा चुनावमा प्रकाश सिंह बादल सबैभन्दा पुराना र पाका उम्मेदवार थिए।

वैशाख १२, २०८० मंगलबार २२:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।