टस हारेर ब्याटिङ गरेको गुजरातको २ विकेट गुम्यो, कप्तान हार्दिक पाण्डया १३ रनमा आउट
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को ३५ औँ खेलमा साविक विजेता गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल भइरहको छ।
आजको खेलमा रोहित शर्माले आफ्नो टोलीमा दुई परिवर्तन गरेका छन् । कुमार कार्तिकेयको स्थानमा रिले मेरिडिथ र ऋतिक शोकिनको स्थानमा जोफ्रा आर्चरले मौका पाएका छन् । तर डिफेन्डिङ च्याम्पियन गुजरातको खेलमा कुनै परिवर्तन आएको छैन ।
मुम्बईले टस जितेर फिल्डिङ गरेको छ।
सातौं ओभरमा खेल चलिरहँदा गुजरातले २ विकेट गुमाएको छ। ऋद्धिमान साहा ४ रन बनाएर आउट भए। उनलाई इशान किशनको हातमा अर्जुन तेन्दुलकरले क्याच आउट गरे। त्यस्तै कप्तान हार्दिक पाण्ड्या पनि १३ बलमा १३ रन बनाएर आउट भएका छन्।
६ खेलमा गुजरातले ४ मा जित निकालेको छ भने समान खेलबाट मुम्बईले भने ३ खेलमा जित निकालेको छ।
वैशाख १२, २०८० मंगलबार २०:२५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।