उपेन्द्रसँगको मतान्तरलाई घटाउँदै शिवचन्द्र, ५ हजारको अन्तरलाई ३३ सयमा झारे

उपेन्द्रसँगको मतान्तरलाई घटाउँदै शिवचन्द्र, ५ हजारको अन्तरलाई ३३ सयमा झारे

काठमाडौं : बारा क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादवसँगको मतान्तरलाई घटाउँदै लगेका छन्। 

ताजा परिणामअनुसार कुशवाहाले मतान्तरलाई ३ हजार ३५० मा झारेका हुन्। यसअघि उपेन्द्रले अग्रतालाई ५ हजारभन्दा बढी बनाएका थिए।

उपेन्द्रले हालसम्म कुल १८ हजार ८०८ मत ल्याएका छन्। निकटतम् प्रतिस्पर्धी शिवचन्द्रप्रसाद कुशवाहाले भने कुल १५ हजार ४५८ मत पाएका छन्। 

त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ५ सय ६३ मत पाएका छन्।

यहाँ रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार २ सय ६८ मत पाएका छन्। उनी चौथो स्थानमा छन्। 

१२ बैशाख, २०८०, १८:३५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।