प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डा संसद्मा नभन्नु दुःखको कुरा : रघुजी पन्त
काठमाडौं : एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले आज बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्री दाहालको भारत भ्रमणको एजेन्डाबारे स्पष्ट जवाफ माग गरे।
उनले भने, ‘सबैभन्दा दुःखको कुरा के हो भने भारत भ्रमणको एजेण्डा के–के हुन् भन्ने कुरा संसद् चलिरहेको बेला पनि हामीले अखबारहरुमा पढ्नु परेको छ। संसदभित्र पटक पटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी दिनुभएको छैन।’
उनले भारत भ्रमणको एजेण्डाका बारेमा संसद्मा छलफल हुनुपर्ने र भारतसँगको सन् १९५० को सन्धि फेर्न र प्रभुत्व व्यक्ति समूहको प्रतिवेदनको सार्वजनिकीकरणबारे भारत भ्रमणका क्रममा नेपालले छलफल गर्नुपर्ने समेत बताए।
वैशाख १२, २०८० मंगलबार १७:४६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।