मधेसका मुख्यमन्त्री यादवको स्पष्टीकरण : नातेदारले बोलाएकाले मतदान केन्द्रमा गएको

मधेसका मुख्यमन्त्री यादवको स्पष्टीकरण : नातेदारले बोलाएकाले मतदान केन्द्रमा गएको

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्।

उनले आयोगलाई उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको स्पष्टीकरण दिएका हुन्।

आयोगले यादवलाई यही वैशाख १० गतेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको सम्बन्धमा उक्त दिन स्पष्टीकरण सोधेको थियो। 

मुख्यमन्त्री यादवले आयोगमा पेस गरेको स्पष्टीकरणमा उनले आफूले निर्वाचन प्रयोजनका लागि नभइ त्यहाँ व्यक्तिगत कामले गएको उल्लेख गरेका छन्।

साथै उनले सरकारी गाडी प्रयोग नगरी मुख्य निर्वाचन अधिकृतबाट स्वीकृति लिएको निजी गाडी प्रयोग गरेकाले निर्वाचन आचारसंहिताको उल्लंघन हुने कुनै पनि कार्य नगरेको स्पष्ट पारेका छन्।

१२ बैशाख, २०८०, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।