रास्वपा सांसदको प्रश्नः एमाले सांसद कोइरीलाई अहिलेसम्म किन कारबाही गरिएन ?
रास्वपा सांसद निशा डाँगीले फरार भनिएका सांसद लक्ष्मी मतहो कोइरी किन अहिलेसम्म पक्राउ नपरेको भन्दै सभामुखसँग प्रश्न गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद डाँगीले सांसद कोइरीको सांसद पदबारे पनि सभामुखसँग जवाफ मागिन्।
कुनै पनि सांसद सदनलाई जानकारी नदिई संसदमा अनुपस्थित हुन नपाउने भन्दै उनले १० वटाभन्दा बढी बैठकमा अनुपस्थित रहेमा सांसदको पद रिक्त हुने व्यवस्था रहको उनले सभामुखलाई सुनाइन्।
'सभामुख महोदय, सदनका एक सदस्य लक्ष्मी महतो कोइरी यस सदनलाई जानकारी नगराई अनुपस्थित भएका हुन् वा जानकारी नगराई ? यदि जानकारी गराएको भए के जानकारी गराएका छन् ? सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ।'
सदनलाई जानकारी गराएको भए अहिलेसम्म कोइरीलाई किन कारबाही नगरिएको भन्दै उनले सदनमा प्रश्न गरिन्।
सदनमा उठेका प्रश्नहरूको जवाफ दिन सरकार उदासीन भएको उनको भनाइ थियो।
वैशाख १२, २०८० मंगलबार १४:४१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।