विश्व टेस्ट च्याम्पियन खेल्ने भारतीय टोली घोषणा, रहाणे अटाउँदा सूर्यकुमार टिममा परेनन्
भारतले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीमा १५ महिनापछि ब्याट्सम्यान अजिंक्य रहाणे परेका छन् । उनले आफ्नो अन्तिम खेल ११ जनवरी २०२२ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए। यो टोलीमा सूर्यकुमार यादवको नाम भने छैन ।
फाइनल जुन ७ देखि ११ सम्म इंग्ल्याण्डको ओभल मैदानमा भारत र अष्ट्रेलियाबीच हुनेछ ।
भारतीय टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । २०२१ मा भएको पहिलो फाइनलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको थियो।
रहाणेले आईपीएलको १६ औं सिजनमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । उनले यो सिजन आक्रामक ब्याटिङ गरेका छन् । अहिलेसम्म खेलेका ५ खेलमा ५२.२५ को औसतमा २०९ रन बनाएका छन् । उनको स्ट्राइक रेट १९९.०५ रहेको छ ।
सूर्यकुमार यादवले भने यही वर्ष फेब्रुअरीमा भारत र अष्ट्रेलियाबीचको चार खेलको टेस्ट सिरिजको पहिलो खेलबाट टेस्ट डेब्यु गरेका थिए । त्यसपछि बाँकी ३ टेस्टमा उनले प्लेइङ-११ मा स्थान बनाउन सकेका थिएनन्।
वैशाख १२, २०८० मंगलबार १४:२४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।