३२ हजार मत गणना हुँदा उपेन्द्र यादवलाई १४ हजार

फाइल तस्वीर
बारामा उपेन्द्र यादवको मत १४ हजार नजिक पुगेको छ।
३१ हजार ९ सय ९९ मत गणना हुँदा उपेन्द्रले १३ हजार ८ सय ४ मतसहित अग्रता लिइरहेका छन्।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार २ सय ३१ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। यादवलाई सत्ता गठबन्धनको समर्थन छ।
यसैगरी एमालेका पुरुषोत्तम पौडेल ४ हजार ५ सय ७७ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ३१ मतसहित चौथो स्थानमा छन्।
वैशाख १२, २०८० मंगलबार १२:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।