रविले कटाए ५० हजार मत, मतान्तर नै झण्डै ४१ हजार

चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार मत कटाएका छन्।
लामिछानेले ५० हजार २९ मत पाएका छन्।
उनले मत मंसिरमा सम्पन्न निर्वाचनमा पाएकोभन्दा बढी हो। त्यसबेला उनले ४९ हजार २ सय ९६ मत ल्याएका थिए।
अहिले भने यहाँ ७८ हजार २ सय ७७ मत खसेको छ। ७० हजार २ सय ३९ मतगणना भइसक्दा कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १ सय ६५ मत ल्याएका छन्।
लामिछाने र श्रेष्ठबीचको मतान्तर ४० हजार ८ सय ६४ छ। यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८ सय ७७ मत पाएका छन्।
वैशाख १२, २०८० मंगलबार ११:४०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।