उपेन्द्र यादवलाई ४ हजार ४ सय २९ मतको अग्रता

उपेन्द्र यादवलाई ४ हजार ४ सय २९ मतको अग्रता
फाइल तस्वीर

काठमाडौं : बारा क्षेत्र नम्बर २ को मतगणना जारी रहँदा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता बनाइरहेका छन्। 

ताजा परिणामअनुसार उनले ४ हजार ४ सय २९ मतको अग्रता कायम गरेका हुन्।

उपेन्द्रले हालसम्म कुल १२ हजार १ सय २२ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले भने कुल ७ हजार ६ सय ९३ मत पाएका छन्। 

त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ३ सय ९० मत पाएका छन्।

 यहाँ रास्वपाका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत पाएका छन्। उनी चौथो स्थानमा छन्। 

वैशाख १२, २०८० मंगलबार १०:००:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।