६ गोल खाएको भोलिपल्टै‍ टोटेनहमका प्रशिक्षक बर्खास्त

६ गोल खाएको भोलिपल्टै‍ टोटेनहमका प्रशिक्षक बर्खास्त

एजेन्सी : न्यूक्यासल युनाइटेडसँग ६ गोल खाएको भोलिपल्टै इंग्लिस क्लब टोटेनहमले आफ्नो अन्तरिम प्रशिक्षक क्रिस्टियन स्टेलिनीलाई बर्खास्त गरेको छ।

अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त भएको चार खेलपछि नै स्टेलिनी बर्खास्त भएका हुन्।

प्रिमियर लिगको खेलमा टोटेनहम न्यूक्यासल युनाइटेडसँग ६-१ गोलको भारी अन्तरले पराजित भएको थियो।

एन्टेनियो कोन्टेले क्लब छाडेसँगै स्टेलिनी गत महिना मात्रै कल्बको अन्तरिम प्रशिक्षक बनेका थिए।अबरायन मेसनले टोटेनहमको प्रशिक्षण सम्हाल्ने बताइएको छ।

वैशाख १२, २०८० मंगलबार ०८:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।