चितवन-२ मा रविको ३२ हजारभन्दा बढी मतको अग्रता, दोस्रो स्थानमा कांग्रेस र एमालेको प्रतिस्पर्धा

चितवन-२ मा रविको ३२ हजारभन्दा बढी मतको अग्रता, दोस्रो स्थानमा कांग्रेस र एमालेको प्रतिस्पर्धा

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन-२ को उपनिर्वाचनमा ३२ हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन्।

मतको ताजा परिणाम अनुसार उनले ४० हजार ६९ मत प्राप्त गरेका हुन्। हालसम्म ५६ हजार ४९६ मत गणना हुँदा रविले ३२ हजार ६०२ मतले अग्रता कायम गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार ४५७ मत ल्याएका छन्। एमालेका रामप्रसाद न्यौपानेको भने सात हजार २६८ मत प्राप्त गरेका छन् ।

गत निर्वाचनमा यसै क्षेत्रबाट भारी मतान्तरले विजयी भए पनि नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

१२ बैशाख, २०८०, ०७:२८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।