स्वर्णिम वाग्ले तनहुँ-१ मा १४ हजारभन्दा बढी मतान्तरले विजयी

स्वर्णिम वाग्ले तनहुँ-१ मा १४ हजारभन्दा बढी मतान्तरले विजयी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा भारी मतान्तरले विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्यको लागि भएको उपनिर्वाचनमा उनले कुल ३४ हजार ९१८ मत पाए। मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ।

वाग्लेले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार भन्दा बढी मतले पछि पारेका हुन्।

भट्टराईले २० हजार १२२ मत ल्याउँदा वाग्लेभन्दा १४ हजार ७९६ मतले पछि परेका हुन्।

वाग्लेले नेपाली कांग्रेस परित्याग गरेर रास्वपाबाट उम्मेदवारी दिएका थिए।

उता एमालेका उम्मेदवार सर्वेन्द्र खनालले भने ८ हजार ४८८ मत ल्याए। त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन्।

१२ बैशाख, २०८०, ०७:०९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।