उपेन्द्र यादवले २६ सय मत पाउँदा रास्वपाका रमेश खरेललाई मात्र ३ सय

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ।
पछिल्लो मतपरिणाअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएका छन्। उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहलाई ५ सय ३३ मतले पछि पारेका छन्।
उपेन्द्रले २६०० मत प्राप्त गर्दा शिवचन्द्रले २०६७ मत पाएका छन्। यहाँ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ८ सय ६१ मत पाएका छन् भने रास्वपा उम्मेदवार रमेश खरेलले मात्र ३०३ मत पाएका छन्।
आइतबार भएको निर्वाचनमा यहाँका ५ वटा स्थानीय तहको ४४ वटा वडामा ६९ हजार १ सय ७ मत खसेको थियो।
वैशाख ११, २०८० सोमबार १९:४०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।