भुक्तानी नपाएको भन्दै प्रदेश सभा भवनअगाडि निर्माण व्यवसायीको प्रदर्शन

भुक्तानी नपाएको भन्दै प्रदेश सभा भवनअगाडि निर्माण व्यवसायीको प्रदर्शन

बुटवलः लुम्बिनी प्रदेश सभा भवन निर्माणको भुक्तानी नपाएको भन्दै व्यवसायीले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिँदै गर्दा उनीहरूले दाङको राप्ती उपत्यकास्थित प्रदेशसभा भवनअगाडि प्रदर्शन गरेका हुन्। 

निर्माण व्यवसायीहरू सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारी लगायतले भुक्तानी पाउनुपर्ने बताए। 

उनीहरूका अनुसार प्रदेश सभा भवन निर्माण गरेबापत करिब १२ करोड रुपैयाँ भुक्तानी बाँकी छ । 

प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि भवन निर्माणको भुक्तानी नपाएको निर्माण व्यवसायी सुरेश घिमिरेले बताए। 

उनीहरूले पहिलो दिन सांकेतिक रूपमा प्लेकार्डसहित प्रदर्शन गरेको र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

वैशाख ११, २०८० सोमबार १८:५७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।