१९ हजार ८ सय मत गन्दा वाग्लेलाई १० हजार ५ सय मत

१९ हजार ८ सय मत गन्दा वाग्लेलाई १० हजार ५ सय मत

काठमाडौं : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा १९ हजार ७९९ मतगणना भएको छ।

६३ हजार ७५७ मत खसेकोमा सोमबार विहान ११ बजेसम्म १९ हजार ७९९ मत गणना भएको हो।

जसमध्ये अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिमा वाग्लेले १० हजार ५३७ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ र एमालेका सर्वेन्द्र खनालले ३ हजार २९१ मत पाएका छन्।

मतगणना अझै जारी छ।

११ बैशाख, २०८०, ११:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।