त्रिवि र मुलपानी मैदानमा पानी पर्दा टस हुन सकेन

त्रिवि र मुलपानी मैदानमा पानी पर्दा टस हुन सकेन
तस्बिर- क्यान

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपाल र साउदी तथा बहराइन र हङकङबीचको खेलको टसमा ढिलाइ भएको छ।

दुवै मैदानमा हुने भनिएको खेलको टस हल्का वर्षाका कारण ढिला भएको हो।

टियू मैदानमा बहराइन र हङकङबीच र मूलपानी मैदानमा नेपाल र साउदी अरेबियाबीचको खेल हुने तालिका छ।

९ बजे सुरु हुनुपर्ने खेलको विहान साढे ८ बजे टस हुनुपर्ने थियो। हल्का वर्षा सुरु भएपछि कभरले पिच ढाकिएको छ।

आइतबार रातिदेखि परेको वर्षाका कारण मुलपानी मैदानको आउटफिल्डमा पानी जमेको थियो। तर सुपर सपरले पानी सुकाए पनि पुनः हल्का वर्षा सुरु भएपछि टसबारे अन्योलता छाएको हो।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो काठमाडौंमा पानी पर्ने जनाएको छ।

वैशाख ११, २०८० सोमबार ०९:२३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।