विराट पहिलो बलमै आउट भए पनि बेंग्लोरले राजस्थानलाई हरायो

विराट पहिलो बलमै आउट भए पनि बेंग्लोरले राजस्थानलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित निकालेको छ।

१९० रनको लक्ष्य पछ्याएको राजस्थानलाई ६ विकेट झारेर १८२ रनमा समेट्दै बेंग्लोरले ७ रनको जित निकालेको हो।

उसका लागि देवदत्त पाडिकलले ५२ रनको अर्धशतकीय पारी खेल्दा यशस्वी जयशवालले ४७, सञ्चु सामसनले २२, रविचन्द्रन अश्विनले १२ रन बनाएर आउट भए। ध्रुव जुरेल अविजित रहँदै ३४ रन जोडे।

बेंग्लोरका हर्षल पटेलले तीन तथा मोहम्मद सिराज र डेभिड विल्लीले एक–एक रन लिए।

त्यसअघि चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बेंग्लोरले पूरा ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनायो।

ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसको अर्धशतकीय इनिङ्स खेले। बेंग्लोरको सुरुवात भने राम्रो हुन सकेन। विराट कोहलीलाई पहिलो बलमै ट्रेन्ट बोल्टले आउट गरे।

त्यसपछि टोलीले १२ रनमा शाहबाज अहमदको विकेट गुमायो। यहाँबाट ग्लेन म्याक्सवेल र फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै टोलीको स्कोर १३५ रनमा पुर्याएका थिए।

राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले २-२ विकेट लिँदा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक-एक विकेट लिए।

फाफ डु प्लेसिस ६२ रन बनाएर आउट भए। उनलाई यशस्वी जैसवालले रनआउट गरे। त्यस्तै ग्लेल म्याक्सवेलले ७७ रनको योगदान दिए।

म्याक्सवेल र प्लेसिसबीच ६६ बलमा १२७ रनको शतकीय साझेदारी बन्यो। म्याक्सवेलले आफ्नो करिअरको १६ औं अर्धशतक पनि पूरा गरे।

जितसँगै बेंग्लोर ८ अंकसहित समूहको पाँचौं स्थानमा छ। समान सात खेले खेलेको राजस्थान पनि समान ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

वैशाख १०, २०८० आइतबार १९:५४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।